काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
बागमती, गण्डकी तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको हो ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।
त्यस्तै आज राती पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव ९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा ३७ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै पनि काठमाडौंमा नै वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।