News Portal

बंगालको खाडीबाट आएको मनसुनी हावाको प्रभाव, देशभर वर्षा र सतर्कता अपील

सुनौलोपोष्ट संवाददाता

१२ भदौ, काठमाडौं । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश र कर्णालीका केही भागबाहेक अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् सरोज पुडासैनीका अनुसार आज दिनभर निरन्तर झरी नपरे पनि पानी पर्ने, रोकिने र फेरि पानी पर्ने अवस्था रहनेछ । काठमाडौं उपत्यकासहित देशभर यस्तो मौसमीय प्रभाव देखिने उनको भनाइ छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले मनसुनी गतिविधि सक्रिय भएको विभागले जनाएको छ । यसै क्रममा आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै आज राति देशका पहाडी भागमा मध्यम वर्षा र गण्डकी, कर्णाली, सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी–कोशी प्रदेशका तराई भागका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण छ ।

विभागले वर्षाका कारण पहिरो, गेग्रान बहाव, साना–ठूला नदीनालामा पानीको सतह बढ्ने सम्भावना रहेको भन्दै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने चेतावनी दिएको छ । साथै जोखिमपूर्ण क्षेत्रमा सतर्क रहन सबैलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो