
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ।
श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमार्फत न्यायालयको कार्यसम्पादनबारे प्रश्न उठाएका थिए। उनका टिप्पणीले सम्मानित अदालत, न्यायाधीश र न्याय प्रणालीको गरिमा हानी हुने भन्दै अधिवक्ता आयुष दाहालले मुद्दा दायर गरेका हुन्।
श्रेष्ठले न्यायालयमा सम्पर्क, पहुँच वा घुसबिनाको अवस्थामा न्याय पाउने सम्भावना कम रहेको उल्लेख गरेका थिए।