
काठमाडौं, १९ भदौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नगरिएका सामाजिक सञ्जाललाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाल एक साताभित्र अनिवार्य सूचीकरण गर्न निर्देशन दिएको थियो। तर, निर्देशनलाई बेवास्ता गरेपछि मन्त्रालयले आजदेखि सूचीकरण नभएका सञ्जाल क्रमशः बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन पठाइएको छ।