
१७ भाद्र, काठमाडौ । रामेछाप घर भइ हाल काठमाडौ शिक्षण अस्पतालमा उपचार गरिरहेका मृगौला रोग पीडित राजेश काफ्लेलाई १० हजार १०० रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा र केन्द्रीय सचिवालय सदस्य साहस भट्टले सो रकम मृगौला पीडित राजेशका आफन्त पूर्ण मार्फत हस्तान्तरण गर्नु भएको हो ।
जनपत्रकार संगठन नेपालले पत्रकार साहस भट्टका बुवा ८५ बर्षिय नन्दुप्रसाद भट्टको उपचारका क्रममा साउन १३ गते निधन भएपछि संगठनको तर्फबाट अक्षयकोष स्वरुप संकलन गरिएको केही रकम बुबा नन्दप्रसाद भट्टको स्मरणमा छोरा साहस भट्टले मृगौला रोग पीडित राजेशलाई हस्तान्तरण गर्न संगठनलाई प्रस्ताव गरेअनुसार पिडितलाई हस्तान्तरण गरिएको हो ।
उहाँको प्रस्तावअनुसार सोमवार काठमाडौमा भएको एक कार्यक्रमबिच राजेशको आफन्तमार्फत सो रकम मृगौला रोग पीडित काफ्लेलाई हस्तान्तरण गरिएको हो । मृगौला रोग पीडित राजेश विगत ३ महिनादेखि शिक्षण अस्पतालमा उपचारमा हुनुहुन्छ । उहाँको दुवै मृगौलाले काम गर्न छोडेपछि अहिले डाईलासिस भईरहेको छ ।