
नेपालगंज । नेपालगंजका उद्योगी व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टीले सुरु गरेको उत्पादन क्रान्तिमा आफूहरु सहकार्य गर्न तयार भएको प्रतिबद्धता जनाएका छन ।
नेपालगंज उद्योग वाणिज्य संघले नेपालगंजमा आईतवार आयोजना गरेको ‘ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसंग उत्पादनमुलक व्यावसाय’ विषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले नेकपाको उत्पादन क्रान्तिमा आफूहरुको साथ र सहकार्य रहने प्रतिबद्धता जनाएका हुन ।
व्यवसायीहरुले नेकपाले सुरु गरेको उत्पादनको कार्य निकै राम्रो भएको भन्दै नेपालका सबै नेता र पार्टीहरुले नेकपाबाट सिक्नु पर्ने बताएका छन ।
व्यवसायीहरुले विप्लवले आफै हलो जोत्नु, खेतिपाती गर्ने कामले नेपालका उद्यागी व्यवसायी र किसानहरुमा नयाँ आसा जगाएको पनि बताए ।
व्यवसाीयहरुले नेपालका पार्टीहरु चन्दामा भरपर्ने र भ्रष्टाचार तथा कमिशनमा टिक्ने गरेको बेला विप्लवले चन्दामुक्त पार्टी बनाउने र श्रम गरेर पार्टी र जनतालाई आत्मनिभर बनाउने गरी पसिना बगाएको देख्दा खुसी लागेको बताएका हुन ।
नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले विप्लवले थालेको उत्पादन क्रान्तिप्रति प्रशंसा गर्दै नेपालगंजका व्यवसायीहरुले सहकार्य गर्न तयार भएको बताउनु भयो ।
उहाँले राप्तीनदिको बगर एरियामा नेकपाले अर्कोबर्षबाट खरभुजा लगाउन सके निकै फाईदा हुने बताउदै त्यसको लागि उद्योग वाणिज्यसंघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
अध्यक्ष धामीले नेकपाले अरु कम्युनिष्ट पार्टीसंग एकता गर्नु पर्दा उत्पादन क्रान्तिको मार्ग नछोडने गरी एकता गर्न पनि सुझाव दिनु भयो ।
नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले नेकपाले थालेको उत्पादन क्रान्तिको लाईन सबैले शिक्षा लिन लायक भएको बताउनु भयो ।
नेपालगंज उद्योग वाणिज्य संघका महासचिव भिम राना भाटले विप्लवको उत्पादन क्रान्तिलाई मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।
उहाँले बाहिर भन्ने गरिएको विप्लव र यथार्थ विप्लव फरक पाएको बताउनु भयो । उद्योगी व्यवसायीहरुले नेकपालाई आलु चिप्स बनाउने उद्योग खोल्न सुझाव दिदै आफूहरुले पनि साथ दिने प्रतिबद्धता जनाएका छन ।
नेपालमा व्यवसायहरु राज्यको सहि नीति र नेतृत्वको अभावले धरासाय भएको भन्दै उद्योगी व्यवसायहरुले सहि आर्थिक दृष्टिकोण भएको विप्लव जस्तो पसिना बगाउने नेता नेपाललाई चाहिएको पनि बताएका छन ।
सो अवसरमा नेकपाका महासचिव विप्लव सीले उत्पादन अभियानमा पार्टी, व्यवसायी र जनतालाई संगै जोडेर लिन नेकपा तयार रहेको बताउनु भएको छ ।
उहाँले ३ बर्षमा चन्दामुक्त पार्टी बनाउने दोहोर्याउदै उद्योगी व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न अपिल गर्नु भयो ।
नेकपाले उद्योग व्यवसायीहरुसंग सहकार्य गरेर उत्पादन अभियानलाई जनतासम्म पुर्याउन चाहेको भन्दै उहाँले व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
व्यवसायीहरुले नेपालगंजबाट दिल्ली उडान हुने गरी हवाई सेवाका लागि सरकारसंग माग राखिएको बताउदै सहयोग गर्न महासचिवलाई आग्रह गरेएका थिए ।
महासचिव विप्लवले व्यवसायीको मागलाई आफ्नातर्फबाट सक्दो जोडगर्ने र पुरा गर्ने बचन दिनु भयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुसंगै नेकपाका जिल्ला इन्चार्ज रक्तिम, केन्द्रीय सदस्यहरु नारायण, कल्पना, शोभा, सेक्रेटरी दिपक सी संचारकर्मी लगायतको उल्लेखिय सहभागिता रहेको थियो ।