News Portal

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने कदम फिर्ता लिन पत्रकार महासंघको आग्रह

सुनौलोपोष्ट संवाददाता

१९ भदौ, काठमाडौं। नेपाल पत्रकार महासंघले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अपरिपक्व भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल नागरिकको सूचना पाउने अधिकारसँग प्रत्यक्ष सम्बन्धित भएको भन्दै यसलाई बन्द गर्नु लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरे।
उनले भने, “नागरिकले सूचना आदान–प्रदानका लागि बढी प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित गर्नु हो। सरकार सहजीकरणतर्फ जानु पर्ने हो, बन्द गर्ने निर्णय अपरिपक्व भयो।”

महासंघले डिजिटल नेटवर्कको सुविधा बन्द नगर्न आग्रह गर्दै सरकारले चाँडै निर्णय सच्याउनुपर्नेमा जोड दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित आज बसेको बैठकले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो