News Portal

क्यान्सर पीडित लालशोभा ऐडीको आर्थिक अभावका कारण उपचारमा सकस

सुनौलोपोष्ट संवाददाता

 

 

चितवन। कालिकोट जिल्ला पचालझरना गाउँपालिका ३ निवासी क्यानसर पीडित लालशोभा ऐडीको उपचारमा सकस भएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत ऐडीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो।

विगत छ महिनादेखि आन्द्राको क्यान्सरको उपचार गराई रहेकी ऐडीको थप उपचारमा धेरै पैसा खर्च हुने भए पछी परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

परिवारको आर्थिक अवस्था कमजोर भएका ऐडी दम्पतिको श्रीमान् पनि मधुमेहको उपचार गराई रहेका छन्।

सहयोगको लागि लालशोभा ऐडीको नबिल बैंकमा रहेकाे व्यक्तिगत खाता १७८१००१७५१०२६६ मा जम्मा गर्न सकिने छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो