News Portal

कालिकोटमा गगने खोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

यसअघि पनि पटक–पटक पहिरो खस्दा सो क्षेत्रबाट यातायात प्रभावित हुँदै आएको थियो । गगनेखोलामा गएको शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।

पुनः पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् । केही समयभित्रै पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो