News Portal

विद्यार्थीमैत्री शिक्षा ऐन माग गर्दै प्रमुख सचेतकलाई ज्ञापनपत्र

सुनौलोपोष्ट संवाददाता

काठमाडौं, भदौ १७ । विभिन्न विद्यार्थी संगठनहरूले विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई विद्यार्थी संगठनका प्रतिनिधिहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमार्फत उनीहरूले विद्यालय शिक्षा विधेयकमा विद्यार्थीमैत्री व्यवस्था सुनिश्चित गर्न आग्रह गर्दै शैक्षिक निजीकरण र व्यापारीकरणलाई रोक्ने स्पष्ट कानुनी प्रावधान राख्न माग गरेका छन् । साथै, सार्वजनिक विद्यालयलाई सुदृढ बनाउन राज्यको जिम्मेवारी सुनिश्चित गर्नुपर्ने विद्यार्थी संगठनहरूले सचेतकहरुलाई खुट्टा नकमाउन कडा चेतावनी समेत दिएको अखिल समाजवादीका महासचिव प्रकाश  सीले जानकारी दिएका छन ।

 

 

प्रतिकृया दिनुहोस्

ताजा भिडियो