News Portal

बक्यौता अनुदान रोकिँदा राजधानीमा गुञ्जियो उखु किसानको स्वर

सुनौलोपोष्ट संवाददाता

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ को उखु बक्यौता अनुदान रकम भुक्तानीको माग गर्दै उखु किसानहरूले शुक्रबार फेरि राजधानीमा सडकमा उत्रिएका छन्।

उखु उत्पादक संघ नेपालको अगुवाइमा १३ जिल्लाबाट आएका किसानहरूले माइतीघर मण्डलामा धर्ना दिँदै सरकारविरुद्ध चर्का नाराबाजी गरेका हुन्। उनीहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल भुक्तानी गर्नुपर्ने, उखुको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गरिनुपर्ने र उखुमा लगाइएको भ्याट खारेज गर्नुपर्ने माग अघि सारेका छन्।

किसानहरूको भनाइमा वर्षौंयता आफूहरूले उठाउँदै आएको माग सरकारले अझै सुनुवाइ नगरेपछि आन्दोलनमा जान बाध्य हुनुपरेको हो। उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो