News Portal

  • नेपालको राजनीति उत्पादनसंग नजोडिदा विदेशिको अगाडि झुक्ने ठाँउमा पुग्योः विप्लव सी

    सुनौलो पोष्ट संवाददाता२०८१ फाल्गुण १२
    550Shares


    १२ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालको राजनीति उत्पादनसंग नजोडिदा विदेशिको अगाडि झुक्ने ठाउँमा पुगेको टिप्पणी गर्नु भएको छ ।
    नेकपा कालिकोटले फोईमा आयोजना गरेको स्याउ रोपन कार्यक्रमको उद्घाटनका लागि फोईमा पुग्नु भएका महासचिव विप्लव सीले स्वागतपछि सम्वोधन गर्दै नेपालको राजनीति उत्पादनसंग नजोडिदा विदेशिको आगाडि झुक्ने ठाउँमा पुगेको टिप्पणी गर्नु भएको हो ।
    उहाँले नेपालको ६०।७० बर्षको राजनीति एक अर्कोको आलोचनामा मात्र घुमेको र उत्पादनबाट विमुख बताउनु भयो ।
    उहाँले भन्नु भयो ‘६०।७० बर्षको राजनीतिमा कृषि उत्पादनमा जोडदिएन, उद्योग कलकारखाना बनाउनेमा जोड दिएन, थोरै भएको पैसा पनि सहि सदुपयोग भएन, जनताको जीवन परिवर्तन हुने गरी उत्पादनको योजना कुनै पार्टीसंग भएन । जसले गर्दा देशका नेताहरु दलाल हुन थाले । विदेशीको मुख ताकेर वस्ने भए । यो कुराले नेपाल पछाडि पर्यो ।’
    उहाँले नेपालका अरु राजनीतिक पार्टीहरु देशको उत्पादनमा नलागेर सरकार ढाल्ने र वनाउने खेलमा मात्र लागेको आरोप लगाउनु भयो ।
    महासचिव विप्लवले नेपालका सबै पार्टीहरु चन्दा मागेर खाने,भ्रष्टाचार कमिसन खाएर चल्ने गरेको भन्दै नेकपा भने आत्मनिर्भरको आर्थिक क्रान्तिमा लागेको दाबी गर्नु भयो ।
    महासचिव विप्लवले नेता कार्यकता र पार्टीलाई आत्मनिर्भर बनाउदै जनतालाई समेत आत्मनिर्भर बनाउनका लागि जुम्ला कालिकोटमा स्याउ रोप्न पुगेको बताउनु भयो ।
    उहाँले देशभर नेकपा उत्पादनमा केन्द्रीत भएकोे छ , डेढवर्षमै पार्टीलाई आत्मनिर्भर बनाउने ठाउँमा पुगेको छ भन्नु भयो ।
    महासचिव विप्लवले एकपटक जनताको जीवनस्तर परिवर्तन हुनेगरी काम गरेर देखाउने इच्छा भएको भन्दै जनतालाई अवसर दिन पनि अपिल गर्नु भयो । महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादी सत्तावाट समस्या समाधान नहुने ठोकुवा गर्दै समाजवाद नेपालमा अनिवार्य भएको जिकिर गर्नु भयो ।
    महासचिव विप्लवलाई फोईवासी जनताले स्याउको माला लगाएर भव्य स्वागत गरेका छन । यस्तै जनताले अविर फुलमाला लगाए पनि स्वागत गरेका छन । महासचिव विप्लवले आजै फोहईमा स्याउ रोप्दै हुनुहुन्छ । उहाँले फागनु १४ गते रास्कोटमा हुने जनसभालाई सम्धोन गर्ने कार्यक्रम पनि छ ।

    प्रतिकृया दिनुहोस्