News Portal

  • वडा सदस्यको निधन पचालझरना गाउँपालिकामा सार्वजनिक बिदा

    सुनौलोपोष्ट संवाददाता२०८१ मंसिर ५
    १६९ पटक

    कालिकोट।पचालझरना गाउँकार्यपालिका वडा नं ७ का वडा सदस्य नर्ज बोहोरा (नबिन) को निधनमा पचालझरना गाउँकार्यपालिकाले आज (बुधवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको कार्यपालिका बैठकले एक दिन शोक विदा दिने निर्णय गरेको हो।

    कर्णाली करिडोरमा काम गर्ने सिलसिलामा मंगलबार अपरान्ह पाँच बजेको आसपासमा माथिबाट ढुङ्गा खस्दा घटनास्थलमा नै उहाँको असमायिक निधन भएको हाे

    नेकपा (माओवादी केन्द्र ) कालिकोटका जिल्ला समन्वय समिति सदस्य समेत रहेका नविन एक असल कम्युनिस्ट नेता हुन् ।

    गाउँपालिकाले एक वक्तव्य जारी गर्दै यस्तो बताएको छ।

    मिति २०८१/०८/०३ गतेका दिन यस पचालझरना गाउँपालिका वडा नं. ७ का वडा सदस्य एंव न्यायिक समितिका सदस्य श्री नर्ज बोहोरा (नबिन) को कर्णाली करिडोर (पचालझरना गाउँपालिका खण्ड, घाटाचौर) निर्माण गर्ने क्रममा भिरबाट खसेको ढुंगाले चोटपटक लागेर घाइते भई पलाँता अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएकोले पचलझरना गाउँपालिकाको तर्फबाट सो घटना प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं ।

    साथै यस पचालझरना गाउँकार्यपालिकाको मिति २०८१/०८/०४ मतेको निर्णय अनुसार मिति २०८१/०८/०५ गते बुधवारका दिन यस पचालझरना गाउँपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालयहरु र सामुदायिक विद्यालयहरुमा एक दिन शोक विदा दिने भनि निर्णय भएको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै यसले पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौ ।

    प्रतिकृया दिनुहोस्