News Portal

शिक्षा ऐनबारे संयुक्त विद्यार्थी संगठनको बैठक प्रारम्भ

विष्णु विश्वकर्मा

काठमाडौं । शिक्षा ऐनसम्बन्धी विषयलाई लिएर विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त बैठक सुरु गरेका छन् । मंगलबार अखिल (समाजवादी) को केन्द्रीय कार्यालय, बुद्धनगरमा भएको बैठकमा विद्यार्थी संगठनका शीर्ष प्रतिनिधिहरू सहभागी भएका छन् ।

बैठकमा हालै संसद्मा प्रस्तुत विद्यालय शिक्षा ऐन तथा त्यसमा भएको व्यवस्थाबारे छलफल हुने जनाइएको छ । विद्यार्थी संगठनहरूले शिक्षा प्रणालीलाई सबलीकरण गर्ने, सबैका लागि गुणस्तरीय र समान शिक्षा सुनिश्चित गर्ने, ऐनका विवादास्पद प्रावधान संशोधन गर्ने लगायत विषय बैठकको मूल एजेन्डा रहेको अखिल समाजवादी का महासचिव प्रकाश सीले बताएका छन् ।

बैठकमा अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी, जनमुक्ति लगायतका संगठनका प्रतिनिधिहरू सहभागी भएका छन् । उनीहरूले शिक्षा ऐनलाई विद्यार्थी–मैत्री बनाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल गर्ने तयारी गरेका छन् ।

बैठक सकिएपछि विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त धारणा सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो