News Portal

नेता माईला सीले चेतावनी दिदै भने ‘एमसीएका प्रमुख विष्टको हिसाव किताव नेपाली जनताले गर्नेछन’

सुनौलोपोष्ट संवाददाता

३० साउन, काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य माईला सीले एमसीसी अन्तरगत एमसीएका प्रमुख खड्गवहादुर विष्टसंग नेपाली जनताले एकदिन हिसाव किताव गर्ने चेतावनी दिनु भएको छ ।

काठमाडौमा एमसीसी विरुद्ध निकालिएको विरोध प्रदर्शन पछिको कोणसभालाइ शुक्रवार सम्बोधन गर्दै नेता माईला सीले एमसीएका प्रमुख खड्गवहादुर विष्टसंग नेपाली जनताले एकदिन हिसाव किताव गर्ने चेतावनी दिनु भएको हो । उहाँले भन्नुभयो, ‘एमसिए प्रमुख खड्गबहादुर विष्टको हिसाब किताब नेपाली जनताले एक दिन गर्नेछन् । त्यसले भयंकर मृत्यु मर्नुपर्ने छ । त्यो दिन पनि आउछ ।

इन्डियामा लेनडुब दोर्जेको अवस्था कस्तो भएको थियो । संसारमा आफ्नो स्वार्थको लागि मुलुकलाई दाउमा राखेर सत्ताको निम्ति मरिहत्ते गर्ने मान्छेको अवस्था कस्तो भएको थियोे । नेपालका शासकहरूको पनि त्यो दिन आउँछ । त्यसैले हाम्रो च्यालेन्ज छ एमसीसीलाई जबर्जस्ती नेपालीहरू माथि लाद्न सकिदैन ।’ नेता माइला सीले नेपालका दलाल नेताहरुले विदेशीलाई खुसी पार्न एमसीसी गरेको जिकिर गर्नु भयो । उहाँले नेपालका नेताहरू साम्राज्यवादको गोटी हुदा मुलुक भयंकर खतरामा धकेलिएको आरोप पनि लगाउनु भयो ।

नेता माईलाले हिन्द प्रशान्तीय सैन्य रणनीति अनुसार नेपालमा एमसीसी लाद्न खोजेको भन्दै यदि नेपालमा एमसीसी कार्यान्वयन भए नेपाल युक्रेनको जस्तो हालतमा पुग्ने दावी गर्नुभयो । ‘आज युक्रेन किन विश्वका हतियारहरूको परिक्षण केन्द्र बन्दैछ ? युक्रेन जसरी बर्वाद भएको छ, दशौंकोसम्म उठन गाह्रो हुन्छ । संसार जसरी एक धुर्वीय विश्वमा थियो । त्यो टुटेको छ, हटेको छ । अमेरिकी दादागिरी अन्त्य भएको छ । विश्व बहुधुव्र्रीय प्रमाणित भएको छ’ नेता माईलाले भन्नु भयो । उहाँले अमेरिकनहरूले जतापनि टोक्दै गएको भन्दै भन्नु भयो ‘युक्रेनलाई खरानी बनाएको छ ।

लिवियाको हालत पनि हामीले देखेकै छौं । सिरियाको दर्दनाक कथा हामीले नपढेको हैन ।’ उहाँले नालायक नेता र एजेन्डाहरूले देशलाई भयावह खतरामा धकेलेको भन्दै संसार भरिको मानवअधिकारको ठेक्का लिएको अमेरिकाले प्यालेस्टाइनलाई गरेको ब्यवहार पनि सबैले हेरेको बताउनु भयो । नाबालकहरूलाई बमले उढाएको, खाना खान लाइन बसेका माथि बमले उढाएको अमेरिकाको डेमोक्रेटी कता हरायो ? उहाँले प्रश्न गर्नु भयो । उहाँले अमेरिका एउटा बहुलाह कुकुरले टुक्दै हिडे जस्तै आतंक मचाउदै हिडेको टिप्पणी गर्नु भयो । नेता माईलाले भन्नु भयो ‘आज उसको लागि रसिया भन्दा पनि चाइना खतरा भन्दै गएको छ । त्यसैले चीनलाई घेरा हाल्न सैन्य रणनीतिका साथ नेपालको भूभाग प्रयोग गर्न खोजेको हो । नेपाल एउटा यस्तो अनुकूल भूगोल हो ।

जहाँबाट चीनलाई घेरा हाल्न सकिन्छ भने नीति सहित अमेरिका नेपाल पसेको हो ।’ नेता माईलाले एमसीसी लागु भएका देशमा पनि कसैलाई सुख शान्ति नदिएको भन्दै विकासको नाममा नेपाललाई पनि विनास गर्न एमसीसी आएको ठोकुवा गर्नु भयो ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो