News Portal

नेपालबाट जब स्पष्ट अडान आउँछ, चीन र भारत सहमत हुनुको विकल्प छैन’

संगिता बल

 

 

 

 

काठमाडौं । नेपालले कुनै विषयमा स्पष्ट र दृढ अडान राख्दा छिमेकी दुई ठूला राष्ट्र– चीन र भारतले पनि त्यसलाई अस्वीकार गर्न नसक्ने तर्क गरिएको छ। परराष्ट्र विश्लेषकहरूका अनुसार नेपालको भौगोलिक स्थिति, रणनीतिक महत्व र स्वतन्त्र नीति नै यसका आधारभूत कारण हुन्।

 

उनका अनुसार, अतीतमा नेपालले अस्पष्ट नीति वा दोधार देखाउँदा भारत–चीन दुवैले आफ्नो स्वार्थअनुसार दबाब दिने गरेका थिए। तर, जब नेपालले एकताबद्ध भएर राष्ट्रिय हितअनुरूप निर्णय लिन्छ, त्यस्तो अडानलाई अस्वीकार गर्ने अवस्था दुवै छिमेकी मुलुकसँग हुँदैन।

 

विश्लेषकहरूले नेपाललाई “क्षेत्रीय शक्ति सन्तुलनको केन्द्र” को रुपमा व्याख्या गर्दै राष्ट्रिय हितलाई प्राथमिकता दिने कूटनीतिक दृष्टिकोण अझ मजबुत बनाउन सुझाव दिएका छन्।

 

नेपालले पछिल्ला वर्षहरूमा सीमासम्बन्धी मुद्दा, व्यापारिक साझेदारी र क्षेत्रीय संगठनहरूमा सक्रिय भूमिकामार्फत आफ्नो उपस्थिति स्पष्ट बनाएको छ। यी कदमहरूले नेपाललाई स्वाधीन र निर्णायक राष्ट्रका रुपमा स्थापित गर्दै लगेको उनीहरूको भनाइ रहेकाे छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो