News Portal

अपशब्द प्रयोगको आरोपमा पक्राउ परेका पाँडे २० हजार धरौटीमा बाहिरिए

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्ने आदेश दिएको हो। साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोपमा उनी पक्राउ परेका थिए।

पाँडे बुधबार आफैं साइबर ब्युरो पुगेका थिए। सोही दिन उनको बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाइएको थियो। शुक्रबार बिहान मुद्दा दायर भएपछि सुनुवाइका लागि अदालतमा पेश गरिएको हो।

एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द प्रयोग गरी गाली गरेको भन्दै पाँडे विरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ। साउन १२ गते परेको निवेदनका आधारमा भदौ ५ गते अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि प्रहरीले उनको खोजी थालेको थियो।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो