News Portal

कांग्रेस–एमालेलाई नेता खानको सुझाव : ‘उपसभामुख हटाउने विषयमा पहिला क्लियर हुनुपर्छ, जनमतको समर्थन सरकारसँग रहन्छ’

सुनौलोपोष्ट संवाददाता

काठमाडौ । जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले पहिला आफ्नो धारणा प्रष्ट पार्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले जनमत पार्टी सत्तापक्षको साथमा रहेको र सरकारले गर्ने राम्रा निर्णयमा पूर्ण समर्थन रहने स्पष्ट गरे ।

‘जनमत पार्टी अहिले सरकारको पक्षमा छ । मुलुकको हित, विकास र स्थायित्वका लागि सरकारले गर्ने जुनसुकै राम्रा काममा हाम्रो साथ रहन्छ,’– नेता खानले भने ।

रानाको पदमुक्ति प्रश्नमा आफूहरू पहिले नै स्पष्ट रहेको उल्लेख गर्दै उनले थपे, ‘एक वर्ष अघि नै हामीले भनिसकेका छौं– पहिला कांग्रेस र एमालेले निर्णय लिनुपर्छ । हटाउने वा नराख्ने भन्ने विषयमा उहाँहरू क्लियर हुनुपर्छ, त्यसपछि मात्र बहस–छलफल हुन्छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा भने प्रतिशोधको गन्ध देखिएको दाबी गरे । लामिछानेको पक्षमा आफूले हस्ताक्षर गरेको बताउँदै उनले भने, ‘रविलाई मात्र दोषी देखाउने होइन, अरु पनि दोषी भए कारबाही हुनुपर्छ । रास्वपाले अपनाएको हस्ताक्षर अभियान लोकतान्त्रिक अभ्यास हो, जनताको समर्थन त्यसमा छ ।’

प्रतिकृया दिनुहोस्

ताजा भिडियो