News Portal

  • कम्युनिष्ट र लोकतान्त्रिक गणतन्त्रको मुकुण्डो लगाएर समाजवाद आउदैनः प्रकाण्ड सी

    कर्ण विश्वकर्मा२०८१ पौष २१
    ५९ पटक

     

     

    नेपालमा कम्युनिष्ट नामका पार्टीहरु च्याउ उम्रे जस्तै छन । सबै पार्टीहरुले समाजवादको रटान गर्छन । तर ती पार्टीहरु वास्तविक समाजवादमा जान अनिच्छुक देखिन्छन । संसदीय दलाल व्यवस्थामै रमाएर देश र जनतालाई भयाभरको लुट मच्चाईरहेका छन । नेपाली जनता नेपालका संसदवादी कम्युनिष्टहरुबाट वाक्क दिक्क भएका छन । आज देशमा क्रान्तिकारी कम्युनिष्टको धारलाई नयाँ ढंगले एकीकृत जनक्रान्तिको माध्यमबाट विप्लव नेतृत्वको नेकपाले उठाईरहेको छ । यो पार्टी दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नेपाली विशेषताको वैज्ञानिक समाजवादमा जाने उद्देश्यमा केन्द्रीत छ । आज क्रान्तिकारीहरु यो पार्टीको वरिपरि धुव्रीकरण हुने लहर चलेको छ । यो सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका लागि खुसीको विषय हो । पुस २० गते मात्र काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी र वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट विद्रोही क्रान्तिकारी कम्युनिष्ट पार्टी विच धुव्रीकरण भयो । दर्जनौ नेता कार्यकर्ताहरु नेकपामा समाहित भए । एकीकृत जनक्रान्तिबाट मात्र नेपालमा समाजवादमा पुग्न सकिने र अवको समाजवादी क्रान्तिको नेतृत्व विप्लवले मात्र गर्न सक्ने विश्वास देखेर धुव्रीकरण भएको विद्रोही पार्टीका नेता कार्यकर्ताले बताएका छन । सोही धुव्रीकरण कार्यक्रमा नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले एकतामा आएका नेता कार्यकर्तालाई भव्य स्वागत गर्नु भयो । धुव्रीकरण कार्यक्रममा नेकपाका प्र्रवक्ता प्रकाण्डले सम्बोधन गरेको भाषणलाई पत्रकार कर्ण विश्वकर्माकाे लेखनकाे सम्पादन यहाँ प्रस्तुत गरेका छौ ।

    कमरेडहरू, यहाँहरू सबैलाई थाहै छ, नेपालको राजनीति अवस्था एकदमै जटिल छ । नेपाली जनताले इतिहासमै सबैभन्दा बढी दुःख र सास्ती खेपिरहेका छन । यो देशले दलाल पुँजीवादीहरूको आत्मसमर्पण र साम्राज्यवादीहरूको हस्तक्षेप चरम रूपमा भोग्नु परेको छ । यो बेलामा नेपाली जनतामा आफ्नो अधिकारका निम्ति अन्तिम पटक संघर्ष गर्ने चाहाना र त्यो लाइन चाहान्छन । अर्थात हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत अगाडि बढाएको लाइनलाई निर्णायक बनाउन चाहान्छन । यसैको अन्तिम रूपमा राष्ट्रिय स्वाधीनता वा राष्ट्रिय मुक्ति हासिल गर्न चाहान्छन । यो बेलामा राजनीतिक शास्त्रमा सामान्य ज्ञान राख्ने नेपालका राजनीतिक नेता र कार्यकर्ताले देश र जनतालाई अगाडि राखेर गम्भीरतापूर्वक सोच्नु पर्ने बेला आएको छ । नत हाम्रो आफ्नै प्रकृतिको डम्फू हुने कुरा निर्विवाद छ । त्यसो भएको हुनाले हाम्रो पार्टीको तर्फबाट हामीले विगत १० वर्षदेखि यही उद्देश्यका साथ नेपाली जनताको मुक्ति र राष्ट्रिय स्वाधीनताको निम्ति एकीकृत जनक्रान्ति संचालन गर्दै आएका छौं । यो विन्दुमा आइपुग्दा सम्म दलालहरू देश र जनताका विरूद्ध षड्यन्त्र अन्तिम रूपमा केन्द्रित भइरहेका छन । एउटा नेपाली सर्वहाराको पार्टी हुनुको नाताले, त्यसको नेतृत्व हुनाले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण तागतका साथ आम नेपाली जनतालाई एकताबद्ध गर्नका निम्ति नेपालका कम्युनिस्ट क्रान्तिकारीहरू, यो देशलाई माया गर्ने देशभक्तहरू, यो देशमा लोकतन्त्र गणतन्त्रका निम्ति संघर्ष गरेको इमानदार लोकतान्त्रिक गणतन्त्रवादीहरू र यो देशमा समाजवाद चाहाने सबै सँग छलफल परामर्श गरिहेको छ । सबै नेता र कार्यकर्तालाई अपिल गरिहेको छ । एक पटक नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकता हौं । एकपटक दलाल पुँजीवाद र साम्राज्यवादका विरूद्धमा संघर्ष गर्न एकीकृत जनक्रान्तिमा नयाँ ढंगले सामेल हौं भने नेकपाको अपिल छ । यही उद्देश्य अन्तरगत पार्टीको विचार, नितिमा यो ऐतिहासिक ध्रुवीकरण र पार्टीमा समाहित कार्यक्रम सम्पन्न भएको छ ।

    आदरणीय जनसमुदाय र साथीहरू !
    यो कार्यक्रमको सामान्य अर्थ रहने छैन । नेपालका सबै क्रान्तिकारी कम्युनिस्ट विगत ६ साल देखि ५२ सालसम्म ५२ सालदेखि ६२÷६३ साल र त्यसपछिका लगातार संघर्ष गरिरहेका कम्युनिस्ट क्रान्तिकारी आन्दोलन भित्रका नेता कार्यकर्तालाई एउटा ठुलो अभिप्रेरणा दिने छ र उर्जा दिने छ । र उहाँहरूलाई आफ्नो जिम्मेवारीप्रति धेरै दाहित्व बोध गराउने छ । नेपालका आफूलाई सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी भने नेता कार्यकर्तालाई एक पटक नेपाली राजनीतिमा र विश्व राजनीतिमा साम्राज्यवादी र प्रतिक्रियावादीहरूको देश र जनताका विरूद्ध षड्यन्त्र गर्न रचिएका थुप्रै षड्यन्त्रका तानामाना र डिजाइनद्वारा निर्देशित हैन, देश र जनतालाई माया गर्ने, देश र जनताको निम्ति आफ्नो ज्यान हत्केलामा राखेर संघर्ष गर्ने कम्युनिस्ट क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य हुन सक्छ, भन्ने सन्देश लोकतान्त्रिक गणतन्त्रवादी पार्टीलाई दिइनेछ ।

    यो देशमा देशभक्तहरू यो राष्ट्रको मुक्ति चाहान्छन । उहाँहरूलाई नेकपासँग सहकार्य गर्न यसले अपिल गर्नेछ । त्यस कारणले यो कार्यक्रमको विशेष महत्त्व छ । हुन त यहाँहरूलाई थाहा छ, नेपालमा एकीकृत जनक्रान्ति एकपछि अर्को अगाडि बढ्दै गयो । यसले तिव्र रूप लिदै गयो । यसले आम नेपाली समाजलाई प्रभावित गर्दै गयो । यसले राष्ट्रिय राजनीतिमा एउटा बैकल्पिक राजनीति पार्टी, अबको राजनीति विकल्प, दलाल पुँजीवाद र दलाल पुँजीवादीले सिर्जना गरेको यो संकटग्रस्त देशलाई मुक्त गर्ने एउटा बैकल्पिक राजनीति पार्टी र राष्ट्रिय नेताको रूपमा यो पार्टी स्थापित भएको छ ।
    अर्को तिर तपाईले हेर्नुभएको छ, यसका विरूद्ध थुप्रै षड्यन्त्र देशीविदेशी बढिरहेका छन । मलाई लाग्छ आदरणीय जनसमुदायहरू नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढेको एकीकृत जनक्रान्ति दुनियाँको कुनैपनि तागतले नत यसलाई रोक्न सक्छ नत यसलाई छेक्न सक्छन । नत यससँग जुद्ननै सक्छ । त्यसो भएको हुदा आदरणीय जनसमुदायहरू म तपाईलाई भन्छु, अहिले हेर्नुभएको छ, यो देशमा नेकपा परालको छाप्नेमा बस्ने जनताको आशा र विश्वासको केन्द्र बनेको छ । हाम्रो पार्टीको कमरेड महासचिव त्यसको नेतृत्व बन्नु भएको छ, र नेकपा त्यसको नेतृत्व बनेको छ । यो, देशका दलालहरूलाई सैय भएको छैन । अर्को तपाईले हेर्नुभएको छ, दलाल पुँजीवाद नेपालमा नाङ्गेझार भएको छ । दलाल पुँजीवादको अब यो देशमा अवसान हुदैछ । त्यसको ठाउँमा नेपालका श्रमिक जनताको प्रतिनिधित्व गर्ने यो राष्ट्रको राष्ट्रिय मुक्तिको प्रतिनिधित्व गर्ने, यो देशका महिला, श्रमिक समुदाय र जनताति र उत्पीडित क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने बैज्ञानिक समाजवादी वा नेपाली विशेषताको समाजवादी कार्यक्रम राष्ट्रिय राजनीतिमा स्थापित भएको छ । र यो यसको विकल्प भनेको छ । यो देशको विकल्प बनेको छ । यो बाट अतालिएर दलालहरू कोही कम्युनिस्टको मुखुण्डो लगाएका छन, कोही लोकतान्त्रवादी मुखुण्डो लगाएका छन । यसले समाजवाद आउदैन । दलालहरू षड्यन्त्रमा केन्द्रित भएका छन । तपाईहरूलाई थाहा छ, अहिले हाम्रो पार्टीका विरूद्धमा बिबिध ढंगका घटना घटाइरहेका छन ।

    नेपालमा अहिले हाम्रो यतिमात्रै कुरा छ, देश र जनताको मुक्ति हाम्रो चाहना हो । देश र जनताको मुक्तिको निम्ति हामी जन्मिएका मान्छेहरू हौं । हाम्रो व्यक्तिगत स्वार्थका निम्ति राजनीतिमा लागेको मान्छेहरू हैनौ । हामी श्रमिक वर्गलाई दुःख र कष्टबाट मुक्त गर्नका निम्ति लागेको मान्छे हौं । यो देशमा सधै पीडाको जीवन, असमानता, विभेद,समाजमा अपहेलित र २४ घण्टामा १८ घण्टा काम गरेर खान र लगाउन नपाउने मान्छेहरूको प्रतिनिधि नेता, राजनीतिकर्मी र राजनीति पार्टी हो हाम्रो । त्यसो भएको हुनाले अरू पार्टी सँगको जस्तो छैन र तपाईले विगतमा अरू कम्युनिस्ट पार्टीहरू सँगको संघर्षमा तपाइहरूले अस्थायी रूपमा जालजेल षड्यन्त्र बाट सफलता प्राप्त गरेको जस्तै नठान्नु होला । यसो गरे तपाईले नेकपा र एकीकृत जनक्रान्ति सँग खेल्ने दृष्टता गरेको ठहरिने छ । त्यसो हुदा आदरणीय जनसमुदायहरू हामी त शान्तिपूर्ण ढंगले यो देशमा समस्या समाधान चाहान्छौं । जनताको मुक्तिको समस्या समाधान चाहान्छौं । नेपाली जनताको बैज्ञानिक समाजवादी व्यवस्था चाहान्छौं । तपाईहरू मन्चमा जादा कार्यक्रममा जादा कहिल्यै पनि समाजवाद र लोकतन्त्रका गफ हाकेर नथाक्ने नेताहरूले यसका विरूद्ध उभिनुपर्ने कुनै पनि कारण देख्दैनौं । हैन भने तपाईहरूको भाषण जनतालाई भ्रमित गर्ने बकवास रहेछन् भन्ने कुरा अकाट्य रूपमा प्रमाणित हुनेछन् । त्यसो भएको हुदा तपाईहरू तयार हुनुहुन्छ शान्तिपूर्ण ढंगले देशमा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै क्षेत्रमा समस्याहरूको समाधान गरौं नेकपा तयार छ । हैन तपाईहरू यसको निम्ति तयार हुनुहुन्छ र यो पार्टीलाई हामीले दमन गरेर ठिक पार्छाैं र षड्यन्त्र गरेर ठिक पार्छाैं । विविध तानाबाना केन्द्रित गर्छाैं भन्ने तपाईको हो भने मलाई लाग्छ हाम्रो त विश्वास छैन, तपाईले विश्वास गरेको पशुपतिले पनि रक्षा गर्न सक्ने छैन । तपाईले विश्वास गरेको अमेरिकी साम्राज्यवादले पनि रक्षा गर्न सक्नेछैन ।

    आदरणीय जनसमुदायहरू हाम्रो कुरा केछ भने षड्यन्त्रका कोठाबाट तपाईहरू बाहिर निस्किनुहोस्, अध्यारो कोठाबाट निस्किनुहोस् नेपाली जनताको विषयलाई लिएर देशको विषयलाई लिएर छलफल गर्न, समाधान गर्न तयार हुनुहोस् नेकपा खुल्ला छ । हैन हामी त हाम्रो अहिलेका राज्यका संरक्षक हौं । हामीले यसलाई भरथेग गर्छाैं, यसका बारेमा प्रश्न उठाउने कोही पनि नेपाली जनता, राजनीति पार्टी हाम्रो निम्ति सैय हुदैन भन्ने तपाईको हो, र तपाईहरू जनताको कुरा नसुन्ने देशको आवश्यकतालाई बोध नगर्ने आफ्नो स्वार्थको निम्ति मालिकहरू साम्राज्यवादको डिजाइन र निर्देशनमा चल्ने हो भन्ने तपाईहरूले राष्ट्रिय मुक्ति युद्धको सामना गर्नुपर्छ । तपाईले एकीकृत जनक्रान्तिको निर्णायक मोर्चाको सामना गर्नुपर्छ । आदरणीय जनसमुदायहरू साथीहरू त्यसो भएकाले देश धेरै अप्ठ्यारोमा छ, र यस अर्थमा जसरी कमरेडहरू ध्रुवीकरण हुनु भयो उहाँहरूलाई विशेष धन्यवाद छ । लालसलाम !

    प्रतिकृया दिनुहोस्