News Portal

  • ४ दिने चिनभ्रमण सकेर नेपाल आएका प्रधानमन्त्री ओलीलाई देउवाले गरे स्वागत

    सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर २१
    300Shares

     

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

    उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईमा ऋण नलिने गरी सम्झौता भएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन् । सुनसरीको धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।”

    उनले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिए । सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ । गगन थापालाई सभापतिमा उठाउन खोजेको भन्ने प्रश्नमा देउवाले प्रतिक्रिया दिँदै भने, “तपाईंहरू जहाँ पायो, त्यहीँ घोषणा गर्नुहुन्छ, त्यसो नगर्नुस् ।”

    इतर समूहले विराटनगरमा भेला गरेको विषयमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए ।

     

     

     

    प्रतिकृया दिनुहोस्