समाचार

कोरोना आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक आइसियूमा

टेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल। तस्बिर: सेतोपाटीटेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल। तस्बिर: सेतोपाटीकोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए।उनका अनुसार पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरूलाई सोमबार भर्ना गरिएको थियो।एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए।

‘उहाँको अवस्था अलिक जटिल देखिएपछि आइसियूमा भर्ना गर्यौं’ उनले भने, ‘तर उहाँको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। फेरि दोस्रो परीक्षण गर्ने तयारी गर्दैछौं।’आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको बताए।

उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए।टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन्। यो बेला थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने निर्देशक भण्डारीले बताए।

पाटनमा पनि सातवटा मात्र आइसोलेसन बेड छ। पाटनमा बिरामी भरिए अस्पतालले सशस्त्र अस्पतालमा पठाउँछ।

Related Articles

Back to top button
Close