News Portal

अवरोध संघीय संसद सञ्चालनमा, आज दुबै सदनका बैठक बस्दै

सुनौलोपोष्ट संवाददाता
400Shares

 

 

काठमाडौं । चार दिनदेखि स्थगित हुँदै आएको संघीय संसद अन्ततः आज सञ्चालनमा आउने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्ने तय भएको छ, जसले संसदको गतिविधिमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

 

संसद सचिवालयका अनुसार, प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक त्यसपछि ११:१५ बजेका लागि तय गरिएको छ।

 

विभिन्न कारणले पछिल्ला दिनहरूमा बारम्बार बैठक स्थगित हुँदै आएका थिए। संसदको नियमित कार्यसूची अघि बढाउन र राजनीतिक संवादलाई अघि बढाउन आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।

प्रतिकृया दिनुहोस्