News Portal

संविधानको मर्मअनुसार राजनीतिक निकास दिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई संविधानको मर्म र भावनाअनुरूप अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संवैधानिक व्यवस्थाअनुसार गठन भएका राष्ट्रपति तथा जननिर्वाचित संस्थाहरू कायमै रहेका अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत सम्बोधन हुनेगरी संविधानिक प्रावधानअनुसार मुलुकलाई राजनीतिक निकास दिन आवश्यक रहेको उनले विज्ञप्तिमार्फत स्पष्ट पारेकी छन्।

भण्डारीले संवैधानिक व्यवस्था नै मुलुकको स्थायित्व र लोकतान्त्रिक अभ्यासको आधार भएकाले त्यसलाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेकी छन्।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो