समाचार

स्वास्थ्य परीक्षणका लागि अस्पताल नजान चिकित्सक संघको आग्रह, [विज्ञप्ति सहित]-जानकारीका लागी सबैलाई शेयर गरौँ।

नेपाल चिकित्सक संघले सर्वसाधारण नागरिकलाई नियमित स्वास्थ्य परीक्षण तथा फलोअपका लागि अस्पताल नजान आग्रह गरेको छ । संघले आज एक विज्ञप्ति प्रकाशित गर्दै अस्पताल वा स्वास्थ्य संस्थामा अत्याधिक मात्रामा हुने भिड कम गर्नका लागि सर्वसाधारण नागरिकहरुले अत्यावश्यक परिस्थिति सिर्जना नहुँदासम्म नियमित चेकजाँच वा फलोअपका लागि अस्पताल वा स्वास्थ्य संस्थामा नजान आग्रह गरेको हो ।

संघका महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा विभिन्न औषधी व्यावसायीका प्रतिनिधिहरुलाई अर्को सूचना नआउन्जेलसम्म नियमित भेटघाट नगर्नु हुन समेत अनुरोध गरेको छ । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले कोरोना भा’इरसको सं’क्रमण विश्वभर द्रु’त गतिमा बढ्दै गएको घोषणा गरिसकेको अवस्थामा नेपालमा पनि उच्च सतर्कता अपनाउन माग गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले संगठनले मानिसहरुलाई सं’क्रमित हुनबाट रोक्न दक्षिण एसियाका देशहरुले अनिवार्य रुपमा सबै उपायहरु अवलम्बन गर्नु पर्ने बताएको भन्दै नेपाल सरकारले त्यसतर्फ ठोस र प्रभावकारी निर्णयहरु गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा उच्च सतर्कता अपनाउन धेरै ढिला भइसकेको जानकारी दिँदै नेपाल सरकारले यो विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले वि’रामीको पहिलो सम्पर्कमा नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएको हुनाले उनीहरुको स्वास्थ्यको सुरक्षाका लागि तालिम, औजार र उपकरण तथा सं’क्रमणबाट जोगिन सक्ने सामग्रीहरुको उपलव्ध गराउनुपर्ने बताउनुभयो ।

Related Articles

Back to top button
Close