News Portal

  • नयाँ वर्षमा नयाँ सरकारको सम्भावना  : प्रचण्डको जोड

    सुनौलोपोष्ट संवाददाता
    220Shares

    काठमाडौं । चितवन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् ।

    आज गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे ।

    पत्रकारले नयाँ वर्षमा नयाँ सरकारको सम्भावना छ ? भनेर सोधेका थिए । जवाफमा उनले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्‍याएको टिप्पणी गरे ।

    प्रचण्डले भने, ‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।’

    आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको उनले उल्लेख गरे । प्रचण्डले थपे, ‘चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराख्या छ । तर सरकार संवेदनशील छैन । डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’

    सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने नै सही कुरा हुने उनले दोहोर्‍याए ।

    ‘पछिल्लोचोटि थुप्रै नयाँ अनुभवसहित भन्या हो, मलाई योभन्दा बढी बोल्न नलगाउनुस् । मैले केही नयाँ कुराको आधारमा त्यो कुरा भन्या हो । मलाई लाग्छ त्यही दिशातिर देश जान्छ ।’

    प्रतिकृया दिनुहोस्