News Portal

बालेनको सचिवालयले यस्तो दियो प्रतिक्रि

सुनौलोपोष्ट संवाददाता
520Shares

 

काठमाडौं /महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखाएको बताएको छ ।

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले पोसाकधारी पार्टीका कार्यकर्ताले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको बताएका छन् ।

“पोसाकधारी पार्टीका कार्यकर्ताले एउटा भ्रष्टाचारमा मुछिएका मान्छेलाई हाजिर गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत दोषी देखिए ककसले हाजिर गराएका हुन्, सबै दोषी हुनुपर्छ । हामीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएकै छैनौँ,” भुपदेवले भने भने ।

भुपदेवले चैत १५ गतेको हिंसात्मक आन्दोलनको विषयलाई विषयान्तर गर्न प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरिएको बताएका छन् ।

“चैत १५ गतेको आन्दोनलनलाई विषयलाई विषयान्तर गर्न सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरायो,” उनले भने ।

काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले तीन महिना १४ दिनपछि आज कार्यालय पुगेर हाजिर गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भनेको एक महिनापछि उनी कार्यालय गएका हुन् ।

तर, उनलाई महानगर प्रहरीले बलले रोक्ने प्रयास गरेको थियो । उनी महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।

गुरागाईं ०८१ पुस १४ गते निलम्बनमा परेका थिए । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्