News Portal

प्रधानमन्त्री ओली र बिप्लवबिच भेटबार्ता, चीन भ्रमणको क्रममा देशको हितमा केन्द्रित हुन सुझाव

सुनौलो पोष्ट संवाददाता

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटबार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड्वीच देशको समसामयिक राजनीतिक आर्थिक बिषयमा कुराकानी भएको हो।

भेटघाटको क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको लागि सुभकामना दिदै चीन भ्रमणको क्रममा देश र जनहितको बिषयमा द्विपक्षीय कुराकानी गर्न सुझाव दिएका थिए।

भेटवार्तामा नेकपाको तर्फबाट तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेकपाबिच बिगतमा भएको तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएको बुझिएको छ।

यसैगरी कुराकानीको क्रममा दुई पार्टीबीचको सहकार्यलाई अघि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो