सुर्खेत – भारतको ब्याङ्गलोर एक नेपाली महिलाको विभत्स हत्या भएको छ । कैलाली टिकापुरकी लगभग २९ वर्षीय महालक्ष्मी नाम गरेकी एक महिलाको विभत्स हत्या भएको भारतीय संचार माध्ययमले जनाएका छन् ।
उनको रहस्यमय हत्या गरि शरीरको ३० टुक्रा पारेर फ्रीजमा संकलन गरि राखिएको अवस्थामा भेटिएको समाचारमा जनाइएको छ। उनले करिब ४ बर्ष पहिला भारतको कलकत्ताका एकजना बङ्गाली केटासँग विवाह गरेर सँगै बस्दै आएको बताइएको छ ।
उनको साथमा एउटा बच्चा पनि रहेको श्रोतको भनाई छ । श्रीमान् श्रीमति विवाद पछि छुट्टा छुटै बस्दै आएका थिए । महालक्ष्मी एउटा कोठा भाडामा लिएर बाहिर काममा जाने गरेको बताइन्छ । उनको सहजिकरणका लागि एकजना स्थानीय युवकले उनलाई सवारी साधनमा कोठादेखि काम गर्ने स्थानसम्म पुर्याउने र ल्याउने गरेको स्थानीयको भनाई छ ।
करीब १५ दिनसम्म महालक्ष्मी बेपत्ता भएपछि स्थानीय र चीन जानका व्यक्तिले उनको खोज गरेका थिए । खोजतलास गर्दा उनको शव उनकै घरको फ्रिजमा ३० टुक्रा पारेर राखिएको अवस्थामा फेला परेको भारतीय प्रहरीको भनाई छ । हत्याको छानबीन चलिरहेको बताइएको छ । यस विषयको पुरा विवरण आउन बाँकी छ ।