News Portal

राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

सुनौलोपोष्ट संवाददाता

 

 

 

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन पुगेका छन् ।

शनिबार बिहान प्रस्थान गरेका ओलीलाई थियानजिन विमानस्थलमा चीनका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूतले स्वागत गरे ।

आजै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका छन् ।

प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालय र क्षेत्रका पदाधिकारीहरू रहेका छन् ।

शिखर सम्मेलनमा आर्थिक, सुरक्षा र क्षेत्रीय सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

ताजा भिडियो