News Portal

सपना

सुनौलोपोष्ट संवाददाता

दसैं र दसा नापेर हेर्छु

भुमरि भित्रै बाचेर हेर्छु।

बर्गिय माया अङ्गालो बेर्छु

गन्तव्य,लक्ष्य चुमेरै मर्छु।

क्रान्तिका लाला क्रान्तिका बाला

छोडेर टाढा कति नै जाला।

खण्डीत कुरा छोड यो बेला

एकीकृत होउ भयो अबेला।

खायको कसम गरिदेऊ पूरा

नटुटाउ बिस्वास सपना अधूरा।

इमानले जिते आजका कुरा

गरोस है अझै क्रान्ति ले पूरा ।

 

✍️ सुमन शाही पचाल झरन ९ कालिकोट

प्रतिकृया दिनुहोस्

ताजा भिडियो