News Portal

  • ३०औं जनयुद्ध दिवस: नेकपाद्वारा उपत्यकामा कसरी मनाइदै छ ?

    शेरबहादुर बिश्वकर्मा२०८१ माघ ३०
    425Shares

     

    काठमाडौ/फागुन १ गते नेपालमा तत्कालीन राज्यसत्ता विरुद्ध बिद्रोह सुरुवात भएको दिन हो।जनयुद्ध सुरु भएको अब ३ दशक पुगेको छ।यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी कार्यक्रम अन्तर्गत काठमाडौ उपत्यकामा विभिन्न रचनात्मक कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ।

    नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समितिले दिउँसो २ बजे स्वयम्भूको स्टार ब्याङ्केटमा चियापानसहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डको उपस्थिति रहने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौ सेक्रेटरी चिरञ्जीवी सीले जानकारी दिएका छन् ।उनका अनुसार कार्यक्रममा पार्टी सम्बद्द नेताकार्यकर्ता, जनबर्गिय संगठनहरु र सहिद तथा वेपत्ता परिवार एवम् घाइते योद्धाहरुको सहभागिता रहने छ।

    उपत्यका अन्तर्गत ललितपुर जिल्ला समितिले दिउँसो १२ बजे लगनखेलमा आन्दोलनात्मक र्‍याली तथा सभाको आयोजना गरेको छ। उक्त कार्यक्रममा देशमा विद्यमान आर्थिक राजनीतिक संकटको निकासको पक्षमा
    नेपाली विशेषताको समाजवाद स्थापनाको लागि ऐक्यवद्धता जाहेर गर्न अपिल गरिएको केन्द्रिय सदस्य तथा ललितपुर इन्चार्ज बिपिनने उल्लेख गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले दिउँसो ३ बजे सूर्यबिनायक चोकमा कोणसभा गरि जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ।

    त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)को तर्फबाट दिउँसो १२ बजे
    पाटन माध्यमिक बिधालय,पाटनढोकामा “विद्यालय शिक्षा विधेयक २०८०: समस्याको समाधान कि निरन्तरता ? ” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रममा पूर्ब शिक्षामन्त्रीहरु, शिक्षाविद र सम्बन्धित मामलाका जानकारहरुले बिचार प्रस्तुति गर्ने कार्यतालिका रहेको अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सीले जानकारी दिएका छ्न ।

    सोही दिन बिहान ८ बजे बाल्मिकी क्याम्पस बागबजारमा जनपत्रकार संगठन नेपालले `समाचार लेखनमा एआइको प्रयोग तथा खोजपत्रकारिता के ,किन र कसरी´ भन्ने शीर्षकमा दुई जना बिषय बिज्ञको प्रस्तुति सहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।उक्त कार्यक्रममा पत्रकार जीवन भण्डारी र मोहन मैनालीले बिषयवस्तुबारे प्रस्तुति गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्