News Portal

  • कला मार्फत समाजवादको तयारी

    सुनौलो पोष्ट संवाददाता२०८१ फाल्गुण ९
    665Shares

     

    काठमाडौ /अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान थालनी गरेको छ।गित,नृत्य , संगीत, अपेरा, नाटक लगायतका कलाका माध्यमद्वारा जनजागरण सिर्जना गर्ने उदेश्यले अभियान सञ्चालन गरेको सामना कलाकारका संयोजक आरोहले बताए ।

    “देशमा अहिले आर्थिक राजनीति संकट र चुनौती थपिएका छन् , जनतामा असन्तुष्टि, आक्रोश र पीडा छ, समस्याहरुको मसिनो बिष्लेषण गर्दा यसको अन्तरसम्बन्ध विद्यमान व्यवस्था र शासकहरुसंग जोडिएको प्रष्ट देखिन्छ”- “संयोजक आरोह भन्छन् – “जनताले पटकपटक आन्दोलन र बलिदान गरे तर उनीहरुको दैनिकी र चुलो बदलिएन, खाली शासकहरुको शक्ति र सम्पत्ति मात्रै थपिदैछ, के यो अवस्था बदलिनु पर्दैन ?”

    युवाहरुको बिदेश पलायनता,महङ्गी, भ्रष्टाचार, बेरोजगार, अराजकता र कुशासन अहिलेको दलाल पुँजीवादी उत्पादन सम्बन्धको गलत परिणाम भएकोले यसको विकल्प अपरिहार्य भएको भन्दै संयोजक आरोह अब पुरानो व्यवस्थाबाट देश चल्न नसक्ने र नेपाली बिशेषताको समाजवादको लागि नागरिकलाई सुसूचित गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउछन् ।

    समाजवादबिना देशमा बिकास ,निकास र स्थायित्व असंभब हुने र त्यसका लागि कलाको माध्यमबाट देशव्यापी कार्यक्रम गरि व्यवस्था परिवर्तनको पक्षमा जनमत निर्माण गर्नु अभियानको उदेश्य भएको उनको भनाइ छ।

    समाजवादका लागि सामना सांस्कृतिक अभियान अन्तर्गत प्रदेश न १ इलामको इलामचोक बजार ,झापाको बिर्तामोड र हिमालीचोक,मोरङको बिराटनगर,सुनसरीको इटहरी तथा उदयपुरको गाइघाट र कटारीमा कार्यक्रम सम्पन्न भैसकेका छन् ।

    अभियानमा पूर्वमन्त्री तथा वरिष्ठ जनवादी कलाकार मणी थापा, वरिष्ठ श्रस्ठा माइला लामा,कलाकार रमण थामी लगायत गायक र नृत्यकारहरुको सहभागिता रहेको छ।

    सांस्कृतिक कार्यक्रम मार्फत देशको समस्याको प्रमुख कारण नेपालमा पश्चिमा शैलीको संसदीय व्यवस्था भएको,नेपालको मौलिकता, बिबिधता र आवश्यकता अनुसारको लोकतन्त्र स्थापना हुन नसकेकोले अब समाजवाद मार्फत उक्त खाँचो पूरा गर्न प्रगतिशील शक्ति र व्यक्तिबिच सहकार्य र एकतामा जोड दिइएको छ।

    प्रतिकृया दिनुहोस्