काठमाडौं। लोक देउडा गायक सुरेश शाही सर्ष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव २०८१मा सम्मानित भएका छन्। शनिवार काठमाडौंको कमलादीमा आयोजीत एक कार्यक्रममा सम्मानित भएका हुन्।
सांस्कृतिक समाज, नेपालको आयोजनामा भएको सर्ष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव २०८१ मा राष्ट्रपति रामचन्द्र पौडेल मार्फत् सम्मानित भएका शाही लामो समय देखी लाेक डेउडा क्षेत्रमा निकै सक्रिय छन्।
उनका दर्जनौं हिट गित मध्य चल गाेबिन्द, झल्क हिमाल लगायत गितहरु निकै लोकप्रिय छन्।
कालिकोटको खाडाचक्र नगरपालिका १ मा जन्मिएका शाही दुई दशक अघि क्षरेडियो नेपालको लोकप्रिय कार्यक्रम ‘भलाशुकाली’ का प्रस्तोता र राष्ट्रिय ख्याति प्राप्त कलाकार पनि हुन।
निकै सुमधुर स्वरका धनी शाही सुदूरपश्चिम र कर्णालीका बिकट बस्तीका बिभिन्न कार्यक्रममा सहभागी हुने गर्छन र उनका गितहरु गुन्जीरहन्छन्।
चर्चित लोक देउडा गायक मिन बहादुर शाही र आमा चरना शाहीका पहीलाे सन्तान शाही डेउडा संगै आधुनीक ,फिल्म र अन्य बिभिद भाषा भाषिका गितहरुमा स्वर, शब्द, संगीत र यरेन्ज गरी ५०० वटा गीत सिर्जना गरेका छन्। बुबा मिन बहादुर शाही पनि प्रसिद्ध देऊडा गायक हुन। उनले २०४७ सालमा रेडियो नेपालमा पहिलो डेउडा प्रतियोगीतामा सम्मानित भएका थिए।