काठमाडौं। सुदुर तथा कर्णालीका लोकप्रिय देउडा गायक नेत्रराज शाही सम्मानित भएका छन्।शनिबार सांस्कृतिक समाज, नेपालको आयोजनामा काठमाडौमा भएको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव २०८१ ले राष्ट्रपति रामचन्द्र पौडेल मार्फत उनलाई सम्मान गरिएको हो।
नेत्रराज शाही साढे पाँच दशकयता लाेक देउडा क्षेत्रका निकै सक्रिय व्यक्ति हुन्। उनी पश्चिमी क्षेत्रमा डेउडा सम्राटका नामले निकै परिचित छन्। उनका थुप्रै सिर्जना मध्य किट्टु बस दुर्घटना, यथार्त भित्रका शब्द (कविता संग्रह) अमर अनिपाल शाही (डेउडा गिती संग्रह) लगायत सयौं सिर्जना रहेका छन्।
२०१९ सालमा कालिकोट जिल्ला रास्कोट नगरपालिकामा ७ मा जन्मिएका शाही १५ वर्षको कलिलो उमेर देखि नैं देउडा क्षेत्रमा सक्रिय रहँदै आएका पात्र हुन्। उनि उनका बुबा चर्चित डेउडा खेलाउडा अनिपाल शाहीबाट गाएनमा प्रेरित भएका थिए।
सुदूर तथा काली कर्णालीका बस्तीहरूमा डेउडा खेलमा व्यस्त शाहीको सांस्कृतिक, साहित्य संगै राजनीतिक क्षेत्रमा पनि योगदान रहेकाे छ। उनी २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति कालिकोटको सदस्य र २०७४ को निर्वाचीत जिल्ला समन्वय समिति सदस्य समेत रहेका थिए। हाल उनि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटी सदस्य रहेका छन्।
सम्मानबाट देउडा क्षेत्रमा लामो समय देखी गरेको योगदान र मेहनतको कदर भएको भन्दै गायक शाहीले फेरी पनि यस क्षेत्रको विकास र जगेर्ना गर्न आफू निरन्तर लागि रहने प्रेरणा मिलेको बताए।