News Portal

सन्दीपको भिसा के होला अमेरिकाको लागी पारस भन्छन् : ग्रिन सिग्नल छ

सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र २५
975Shares

 

सन्दीपको भिसा के होला अमेरिकाको लागी पारस भन्छन् : ग्रिन सिग्नल छ

काठमाडौ । नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ ।

क्यानका सचिव पारस खड्काका अनुसार क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जान
नेपाली टोलीमा सन्दीप लामिछाने पनि संलग्न छन् । केही महिना पहिला टी-२० विश्वकपका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

यसपटक के हुन्छ ? भन्ने प्रश्नमा क्रिकेट संघका सचिव पारस खड्काले आवश्यक सबै तयारी पूरा भएको बताए ।

सकारात्मक ग्रिन सिग्नल आएको भन्दै उनले चाँडै घोषणा हुने समेत बताए । ‘टिमको केसमा क्यानडाबाट यूएस जानु पर्ने भएकाले हामीले गर्नुपर्ने सबै काम गर्‍यौं भन्ने लाग्छ,’ बिदाइ कार्यक्रममा सचिव पारसले भने, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

 

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं : पारस खड्का

प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ

सन्दीपलाई भेट्न खेलकुद मन्त्री र पारस खड्का त्रिवि मैदानमै पुगे

 

 

प्रतिकृया दिनुहोस्