News Portal

  • ग्रीन भिलेज एजुकेसन फाउण्डेशद्वारा सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

    सुनौलो पोष्ट संवाददाता
    1.7kShares

     

    कीर्तिपुर/ स्थित ग्रीन भिलेज एजुकेसन फाउण्डेशनले २०८० सालको विभिन्न परीक्षामा सम्मिलित भई सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु लाई अवार्ड वितरण गरी सम्मान गरेको छ। बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी २९ जना विद्यार्थीहरु लाई प्रमाणपत्र सहित सम्मान गरिएको हो।

    सम्मान कार्यक्रममा मन्तब्य राख्दै विद्यालयका प्रधानाध्यापक रवि भण्डारीले आउँदै गरेको वार्षिक परीक्षाको लागि विद्यार्थीहरुमा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

    ‘एकेडेमिक एक्सेलेरन्स अवार्ड २०८०’ नाम दिइएको उक्त कार्यक्रमा अवार्ड लाई कडा मेहनत र अनुशासनको प्रतीकका रुपमा विद्यार्थीलाई हस्तान्तरण गरेको धारणा राख्नु भएको थियो।

    “यो अवार्डले विद्यार्थीहरूको भविष्य निर्धारण गर्छ,आगामी दिनमा उत्साहित भएर उत्कृष्ट नतिजाको लागि थप प्रेरित गर्छ भन्ने हामीले विश्वास लिएका छौं। मेहनत गर्ने र नगर्ने बिच के फरक छ भन्ने कुरा बेला बेला हामीले आयोजना गर्ने यस्ता अवार्ड सेरेमोनी बाट हामीले बुझ्नु पर्छ।

    यो अवार्ड कसैलाई सुरुमै तोकेर आउँदैन जसले कर्म गर्छ जसले आफूलाई आफैलाई चिन्ने प्रयास गर्छ जो अनुशासित हुन्छ जो कर्मशील छ त्यस्को हातमा यो अवार्ड पर्छ । त्येसैले आगामी दिनहरुमा पनि लगनशील भएर उच्च मनोबलका साथ आगामी दिनमा यो अवार्ड सम्पूर्ण विद्यार्थीहरूको हातमा पुगोस् शुभकामना!”

    प्रधानाध्यापक भण्डारीले होली पर्व र आउँदै गरेको SEE परीक्षामा सहभागी हुने विध्यार्थीहरुलाई समेत शुभकामना दिनु भएको छ।अवार्ड वितरण कार्यक्रममा उक्त फाउन्डेसनका एकेडेमिक भाइस प्रिन्सिपल पुण्यप्रसाद भारती, ई सी ए भाइस प्रिन्सिपल ओमप्रकाश पोखरेल र कक्षा शिक्षकहरु सहभागी हुनु भएको थियो।

    प्रतिकृया दिनुहोस्