

बर्दिया। नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी)को बबई बहुमुखि क्याम्पस इकाई समितिको अध्यक्षमा पारस बानियाँ निर्वाचित भएका छन्।सोमबार भएको इकाई सम्मेलनले अध्यक्ष बानियाँ सहित २३ जनाको इकाई समिति निर्माण गरिएको हो।
नेपका केन्द्रीय सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सीले प्रमुख अतिथिको रुपमा शुभकामना दिँदै देशमा दलाल तन्त्र हावी भएका कारण मसानघाटबाट ब्युझिएर गंगालाल र दिल ब.रम्तेल्का हत्याराहरुले फेरि टाउको उठाउन खोजेकोले नौजवान विद्यार्थीहरु सचेत हुनुपर्ने र समाजवाद्को लागि एकपटक फेरि जुट्नुपर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रममा नेकपा जिल्ला सचीव टिकाराम सी,अखिल (समाजवादी) का केन्द्रीय सदस्य एवं बाँके/बर्दिया इन्चार्ज हरि सी,अखिल (समाजवादी) का बर्दिया जिल्ला अध्यक्ष कोपिला सी को आतिथ्यता रहेको थियो ।
नव निर्वाचित अध्यक्ष बानियाँले विगतका दिनमा पनि विद्यार्थीको हितको पक्षमा काम गरेको र अध्यक्षमा निर्वाचित भएर आइसकेपछि शैक्षिक सुधार र विद्यार्थीको हितमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।
अध्यक्ष पारस बनिया सहित, उपाध्यक्ष मनिषा चौधरी सचिव सीता थारु सहसचिव अनिसा कुमारी थारु कोषाध्यक्ष अनिल कुमार निषाद निर्वाचित भएका हुन्।