News Portal

  • अखिल (समाजवादी) ३ सभापति,१६ पदाधिकारी र २६ सदस्य सहित ४५ पदमा विजयी

    सुनौलो पोष्ट संवाददाता
    505Shares

     

    १ चैत्र, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले आजसम्म स्ववियु निर्वाचनमा देशभर ३ सभापति,१६ पदाधिकारी र २६ सदस्य सहित ४५ पदमा विजयी हासिल गरेको छ ।

    अखिल (समाजवादी)का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले देशभर आजसम्म आफ्नो संगठनले स्ववियु निर्वाचनमा सभापति ३, उपसभापति २, सचिव २, सहसचिव ६, कोषाध्यक्ष ६ र सदस्य २६ गरी ४५ पदमा विजयी हाशिल गरेको ज्वाला खवरलाई जानकारी दिनु भयो ।

    अखिल (समाजवादी)ले रोल्पाको थवाङमा रहेको सहिद स्मृति क्याम्पस, दाङको सिद्ध रत्ननाथ क्याम्पस र प्युठानको झिमुरुक क्याम्पसमा सभापति हात पारेको छ ।

    सहिद स्मृति क्याम्पसबाट स्वर्णीम रोका मगर, सिद्ध रत्ननाथ क्याम्पसबाट मनोज केसी, र झिमुरुक क्याम्पस बाग्दुलाबाट कमल रोका क्षेत्री सभापति पदमा सर्वसहमत विजयी भएका हुन ।

    रोल्पाकोे सहिद स्मृति क्याम्पस र दाङको सिद्ध रत्ननाथ क्याम्पसमा अखिल (समाजवादी)को पुरै प्यानल सहित सर्वसहमत विजयी भएको छ ।

    अखिल (समाजवादी) देशभरका विभिन्न क्याम्पसमा गरी उपसभापति २, सचिव २, सहसचिव ६, कोषाध्यक्ष ६ र सदस्य २६ पदमा सर्वसहमत विजयी भएको छ ।

    चैत्र ५ गते सहमति नभएका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदैछ । निर्वाचनमा कहि समाजवादी मोर्चा आवद्ध दलहरुका विद्यार्थी संगठनसंग तालमेत भएको छ भने कहि एक्ला एक्लै अखिल (समाजवादी) चुनावी मैदानमा छ ।

    प्रतिकृया दिनुहोस्