News Portal

  • प्रधानमन्त्री ओलीलेआन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान

    सुनौलोपोष्ट संवाददाता
    210Shares

    काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ । अध्यक्ष राजेन्द्र पहाडीले एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई वार्तामा बोलाई उनीहरूले अघि सारेका माग बमोजिम यथाशीघ्र सम्बोधन गर्न अनुरोध गरेका हुन् ।

    संविधानले मार्ग प्रशस्त गरेबमोजिम संवाद तथा साझा समझदारी मार्फत पेसागत हक हितको रक्षा र विद्यालय शिक्षा विधेयकलाई अधिकारमुखी बनाई तत्काल पारित गर्ने शिक्षक समुदायको मागलाई यथाशीघ्र सम्बोधन गर्न माग गरेका हुन् ।

    चैत २० गते देखि नेपाल शिक्षक महासंघको नेतृत्वमा सार्वजनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । पेसागत अधिकार र स्थायित्व लगायत विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माग गर्दै काठमाडौँमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका हुन् ।

    शिक्षकको पेसागत हकहितको रक्षा र यथाशीघ्र विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने माग प्रति एनसीई नेपालमा आबद्ध ४९० भन्दा बढी संघ–संस्थाहरूको साझा सञ्जालको ऐक्यबद्धता रहेको जनाए ।

    विद्यालय शिक्षा परीक्षाको उत्तरपुस्तिका जाँच, नयाँ शैक्षिक सत्रको तयारी, विद्यालय भर्ना अभियानका कार्यक्रम तथा कक्षा १२ को अन्तिम परीक्षालाई यस आन्दोलनले प्रभावित पार्न सक्ने तर्फ सचेत रहन शिक्षक, सरकार र सबै सरोकारवालासमक्ष ध्यानाकर्षण गराए

    प्रतिकृया दिनुहोस्