

१० फागुन, जुम्ला । विप्लव नेतृत्वको नेकपाको सहायक युवा संगठन नेपालले पनि जुम्लामा आफ्नो संगठनको तर्फवाट छुट्टै स्याउ रोप्ने तयारी गरेको छ ।
जिल्लाको धाँचुगाउँ कुडुमा फागुन १२ गते स्याउ रोप्ने सबै तयारी पुरा गरेको युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य मिनेस सीले जानकारी दिनु भयो ।
पार्टीको तर्फबाट करिव १ हजार स्याउका विरुवा रोप्ने तयारी छ । यो संगै युवा संगठनले पनि आफ्नो संगठनको तर्फवाट करिब १०० स्याउका विरुवा रोप्ने तयारी हो ।
युवा संगठन नेपालले ‘श्रमलाई सम्मान गरौं, उत्पादनलाई बढाऔं,हिमाल,पहाड,तराई बाँझो जमिन जोतौं’भन्ने नारा दिएर स्याउ रोपन कार्यक्रम गर्न थालेको छ । यसले देश र जनतालाई देश र जनतालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
स्याउ रोप्नका लागि युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेस सी लगायतका युवाहरु जुम्ला पुगेका छन ।
पार्टी र युवाले स्याउ रोप्ने तयारी गरेको कार्यक्रमको पार्टी महासचिव विप्लव सीले उद्घाटन गर्नु हुनेछ । उहाँ सुक्रवार साँझ मात्र धाँचुगाउँमा पुग्नु भएको थियो । महासचिव विप्लवलाई जुम्ली जनताले भव्य स्वागत समेत गरेका थिए ।