News Portal

  • दलित आन्दोलनको साझा बैचारिकी बनाउन गोलमेच सम्मेलन

    सुनौलो पोष्ट संवाददाता२०८१ माघ २०
    410Shares

     

    काठमाडौ/ विभिन्न बिचार, आस्था र संगठनमा बिभाजित नेपालको दलित आन्दोलनको साझा बैचारिकी निर्माण गर्न गोलमेच सम्मेलन गरिने भएको छ।दलित आन्दोलनका साझा मुद्दामा आधारित बैकल्पिक शक्ति निर्माण गर्न,नयाँ बैचारिक मार्गदर्शन तय गर्न र एकताबद्द आन्दोलन निर्माणका लागि गोलमेच सम्मेलन गर्न लागेको डा. निर्मल विश्वकर्माले जानकारी दिएका छन् ।

    सामाजिक न्याय अभियानका संयोजक तथा पूर्व राजदूत डा. निर्मल बिश्वकर्मा नेतृत्वमा १ सय १ जना सम्मीलित गोलमेच सम्मेलन तयारी समिति गठन गरिएको छ।आगामी बैशाखमा हुने गोलमेच सम्मेलनको पुर्व तयारीका लागि बनाइएको समितिमा कास्टवाच नेटवर्कका संयोजक डा. मित्र परियार, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, दलित जागरण अभियानका संयोजक राजेश मयाल (अग्नि शिखा), छुवाछुत विरुद्ध राष्ट्रिय अभियानका संयोजक कर्ण विश्वकर्मा, भीम आर्मी नेपालका संयोजक सुनिल राम, युवा अभियानकी सङ्गीता कुमारी राम, र दलित मुक्ति अभियानका संयोजक कृष्ण विश्वकर्मा लगायत सदस्यहरू रहेका छन् ।

    जातीय छुवाछूत र बिभेद जस्तो निकृष्ट प्रकारको व्यवहारबाट पीडित लाखौं दलित समुदाय देशमा गणतन्त्र स्थापन भैसक्दा समेत यसप्रकारका घटना र समस्याबाट पीडित रहँदै आएका छन् ।

    सामाजिक साँस्कृतिक बिभेद र आर्थिक सामाजिक उत्पीडनविरुद्ध पटकपटक आन्दोलन, बलिदान र लडाइ गर्दै आएको दलित समुदायका विभिन्न संघ/ संगठनहरु देखि राजनीतिक दलहरूसङ्ग समेत निर्माण भएका छन् तर दलित मुद्दाको यथोचित सम्बोधन भएको छैन ।

    राज्यले संविधान र कानुनमा दलित माथि बिभेद र छुवाछूत गर्न नमिल्ने व्यवस्था गरेको भएपनि त्यसको कार्यान्वयनको स्थिति दयालाग्दो रहेको दलित अगुवा र सचेत नागरिक अगुवाको बुझाइ देखिन्छ ।

    हजारौं बर्षअघि देखि सुरुवात भएको बिभेदका कारण हाल दलित समुदाय आर्थिक, सामाजिक र मानव विकास सूचकांकको हिसावले देशका सबै समुदाय भन्दा निकै तल रहेको अध्ययनहरुले देखाएका छन तर समाजको सभ्यताको बिकासक्रममा दलित समुदायको मुख्य र महत्त्वपूर्ण भूमिका रहेको प्रस्टै छ।

    एकातिर दलित समस्या अझै समाधान भएको छैन भने अर्कोतिर अधिकार र न्यायका लागि आन्दोलनरत दलित समुदायको संयुक्क्त संघर्ष उठान अपेक्षित रूपमा हुन सकेको छैन ।यसरी एकता र सहकार्यको अपरिहार्य खाँचो महसुस भएको बेला दलित आन्दोलनको अबको बिचार, कार्यक्रम र कार्ययोजनाबारे बिमर्श गरि आन्दोलनलाई दिशानिर्देश गर्न गोलमेच सम्मेलन आफैमा सकारात्मक कदम हुन सक्दछ।

    प्रतिकृया दिनुहोस्