News Portal

  • विप्लवले भने ‘क्रान्तिको झण्डा छोड्ने कि उठाउने कसले गर्ने आत्माआलोचना ?

    कर्ण विश्वकर्मा२०८१ माघ ५
    435Shares

     

    ५ माघ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले माओवादी केन्द्रसंग तत्काल एकता हुन नसक्ने खुलासा गर्नु भएको छ ।
    नेकपाको कर्णाली प्रदेश स्तरिय कार्यकर्ताहरुको भेलालाई शनिवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै महासचिव विप्लवले माओवादी केन्द्र भित्रै एकता वारे एकमत नदेखिएकाले तत्काल एकता हुन नसक्ने खुलासा गर्नु भएको हो ।
    उहाँले माओवादी केन्द्र भित्र केही नेताहरुले विप्लवले आत्माआलोचना गरेर आए मात्र एकता हुने कुरा गरेकोप्रति रोष प्रकट गर्नु भयो ।
    महासचिव विप्लवले भन्नु भयो ‘आत्माआलोचना कसले गर्ने ? क्रान्तिको झण्डा उठाउनेले गर्ने कि ? क्रान्तिको झण्डा छोड्नेले गर्ने ? नेकपाले क्रान्तिको झण्डा उठाएको हो, तर माओवादी केन्द्रले क्रान्तिको झण्डा अलपत्र पारेर छोडेको हो, यो इतिहासले पुष्टि गरिरहेको छ ।

     

    उहाँले माओवादी केन्द्रले उठाएको झण्डा क्रान्तिको झण्डा नभएको दाबी गर्नु भयो । महासचिव विप्लवले यदि साँच्चीकै माओवादी केन्द्रले रुपान्तरण भएर आउने आँट गरेमा पार्टी एकता हुन सक्ने बताउनु भयो ।
    ‘कुर्सीका लागि, पदका लागि, दलाल संसदीय व्यवस्थाको रक्षाको लागि एकता हुन सकदैन’ उहाँले भन्नु भयो, ‘हामी समाजवादी क्रान्ति पुरा गर्ने सर्तमा एकता गर्न तयार छौ,तर व्यक्तिगत कसैको स्वार्थ पुरा गर्न एकता गर्न सक्दैनौ,देश र नेपाली जनताको मुक्तिका लागि एकता गर्न तयार छौ ।’
    उहाँले नेकपाबारे माओवादी केन्द्रका नेताहरुले चीन र भारतमा पुगेर केही नकरात्मक भ्रमहरु छरेको पुष्टि भएको भन्दै ती भ्रमहरु पार्टीले चिरफार गरेको बताउनु भयो ।
    महासचिव विप्लवले स्थानीय तहको उप निर्वाचनमा माओवादी केन्द्रलाई नेकपाले सहयोग गरेकै कारण राम्रो परिणाम आएको भन्दै प्रचण्डले केन्द्रीय समितिमा ल्याएको डकुमेन्टमा चुनावमा नेकपाको सहयोगले राम्रो परिणाम आयोसम्म लेख्न हात कमाएको टिप्पणी गर्नु भयो ।
    उहाँले तत्काल माओवादी केन्द्रसंग एकता नभएपनि समाजवादी मोर्चा मार्फत माओवादी केन्द्र लगायतका मोर्चामा आवद्ध सबै दलहरुसंग सहकार्य गर्ने बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्