सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर १२
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न दुई विदेशी खेलाडी काठमाडौं आइपुगेका छन् । हङकङका बाबर हायत र वेस्ट इन्डिजका चाडविक वाल्टन गएराति काठमाडौं आइपुगेका हुन् ।
उनीहरू दुबैजना कर्णाली याक्सबाट खेल्दैछन्
उनीहरूलाई स्वागत गर्न कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी र अरू व्यवस्थापकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ भाग लिँदैछन्।