News Portal

अखिल समाजवादीद्वारा कैलालीको राष्ट्रिय कलेजमा शुभकामना आदानप्रदान

सुनौलोपोष्ट संवाददाता२०८१ आश्विन १५
1.2kShares

 

धनगढी/अखिल समाजवादीले कैलालीको राष्ट्रिय कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।अखिल समाजबादीको इकाई कमिटीले दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अखिल समाजवादीका सुदुरपश्चिम इन्चार्ज एवम् कार्यक्रमका प्रमुख अतिथि बबरजङ्ग सीले उत्पादनमा आत्मनिर्भरतासहितको समाजवादी शिक्षाप्रणाली आवश्यक रहेको बताए। उनले वर्तमान शिक्षाप्रणाली बेरोजगार उत्पादन गर्ने कारखाना भएको टिप्पणी गर्दै यसको आमूल परिवर्तन गर्नुपर्ने उल्लेख गरे। उनले दशैँ,तिहार र छठ पर्वजस्ता पर्वले भातृत्व र पारस्परिक सम्बन्ध विकास गर्नुपर्ने बताए। चाडपर्वलाई आधुनिकरूपमा परिमार्जन गर्दै लैजानुपर्नेमा उनको जोड थियो।

शुभकामना आदानप्रदान कार्यक्रममा क्याम्पस प्रमुख देवेन्द्र प्रसाई, अखिल समाजवादीका कर्णाली प्रदेश सह-इन्चार्ज सुवास सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

माइकल सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कलेज सुखडका क्याम्पस प्रमुख देवेन्द्र प्रसाई विशिष्ट अतिथि रहेका थिए भने अन्य अतिथिहरूमा अखिल सामाजवादीका कर्णाली प्रदेश सह-इन्चार्ज सुवास सी, अखिल नेपाल शिक्षक संगठनका टंक सञ्ज्याल, पूर्व क्याम्पस प्रमुख कर्ण भण्डारी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन विन्द्रा सीले गरेकि थिइन्।

प्रतिकृया दिनुहोस्