अन्तर्राष्ट्रिय समाचार

कोरोनाबाट बच्‍न ट्रम्पले हप्‍तौँदेखि अनुहार नै छोएका छैनन् !

वासिङ्टन : विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि यसबारे सावधानी अपनाउन आग्रह गरेका छन् ।उनले आफू यस संक्रमणबाट जोगिन सचेत रहेको बताएका छन् । ह्वाइटहाउसमा कोरोना भाइरस संक्रमणबारे हालैको एक बैठकमा उनले आफ्नो अनुहार हप्तौँदेखि नछोएको बताए ।

सामान्यतः अनुहारमा हात लैजाँदा कोरोना भाइरस सर्नसक्ने भन्दै खाली हातले अनुहारमा हातले नछुन स्वास्थ्यकर्मीहरुले सल्लाह दिँदैआएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सोही सुझाव मान्दै केही हप्तादेखि नै अनुहार नछोएको बताएका हुन् ।

यस्तै उनले आफ्नो अनुहार ‘मिस’ गरेको पनि प्रतिक्रिया दिए । बुधबार ह्वाइटहाउसमा एयरलाइन्सका प्रमुखसँग कोरोना भाइरसकै विषयमा बैठक बसेका बेला यस्तो बताएका हुन् ।
उनले त्यहाँ उपस्थित अरुलाई पनि संक्रमणबाट जोगिन सचेत रहनुपर्ने भन्दै सुझाव दिएका थिए । ट्रम्पले ‘अनुहार नछोएको’ जानकारी दिइरहँदा पत्रकारसहित उपस्थित भएकाहरुमाझ हाँसोको फोहोरा नै छुटेको थियो ।

Related Articles

Back to top button
Close