News Portal

  • नेपाल प्रहरीले पत्ता लगायो जीबी बसेको ठाउँ, पक्राउ गर्न ७७ ओटै जिल्ला कार्यालयलाई पत्राचार

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र २५
    ९५ पटक

     

    काठमाडौं – सहकारी ठगि प्रकरणका मुख्य नाइके जीबी राई मलेसियाको क्वालालम्पुरमा रहेको सुचना आएको छ। प्रहरीको पछिल्लो सूचनाअनुसार जीबी मलेसियाको क्वालालम्पुरको देशापन्डनमा अपार्टमेन्ट लिएर बसेको सुचना आएको हो ।

     

    प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा दुई प्रहरीलाई जीबी राई खोज्न मलेसिया पठाएको थियो । तर, मलेसियन सरकारले सुपुर्दगी सन्धि नभएका कारण जीबीलाई बुझाउन मानेन ।

    डिफ्युजन नोटिस जारी भएका जीबीका सन्दर्भमा मलेसियास्थित इन्टरपोलले थप कागजात मागेपछि प्रहरी मुख्यालयले पठाएको छ । कास्की प्रहरीले जीबी फेला परेमा पक्राउ गरेर बुझाइ सहयोग गर्न भन्दै ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेको छ ।

    परराष्ट्र मन्त्रालयमार्फत मलेसियन सरकारलाई कूटनीतिक नोट र जीबीको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र समेत पठाइएको छ । यति हुँदा पनि जीबी भने अझै नियन्त्रणमा आउन सकेका छैनन् ।

    एक उच्च प्रहरी अधिकृतका अनुसार जीबी मलेसियामै छन् । ‘जीबी भारत हुँदै सडक मार्ग भएर नेपाल छिरे पनि उनको सुराकीका लागि संयन्त्र परिचालित छ,’ मुख्यालय स्रोतले भन्यो, ‘नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा समेत संयन्त्र परिचालित भएकाले नेपाल छिरेर लुक्ने वा भाग्ने सम्भावना कमै छ ।’

    गृह मन्त्रालयले प्रहरी संयन्त्रसँगै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई समेत अलर्ट रहन निर्देशन दिएको छ ।

    राईले मलेसियामा व्यवसायीक रुपमा मार्ट समेत सञ्चालन गरेको सूचना प्रहरीसंग छ ।

    प्रतिकृया दिनुहोस्