News Portal

शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित, विपक्षी दलको फरक मत

सुनौलोपोष्ट संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको हो । अब बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी गरिएको छ ।

विधेयक पारित हुँदा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए । विधेयक उनीहरूको फरक मतसहित पारित भएको हो ।

बैठकमा पूर्वशिक्षामन्त्रीसमेत रहेकी सांसद सुमना श्रेष्ठले ईसीडी कार्यकर्तालाई शिक्षकको हैसियत दिनुपर्नेमा जोड दिएकी थिइन् । त्यस्तै, राप्रपाकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजानुपर्ने तर्क प्रस्तुत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो