News Portal

  • युवा संगठन नेपाल,भरतपुर महानगरमा गौरव सीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी निर्वाचित

    सुनौलो पोष्ट संवाददाता२०८१ फाल्गुण १
    715Shares

     

    काठमाडौ / युवा संगठन नेपाल,भरतपुर महानगरको तेश्रो सम्मेलन समपन्न भएको छ । महानगर सम्मेलनमा प्रमुख अतिथि संगठनका केन्द्रिय अध्यक्ष दिनेश सीले नेपाली युवाहरु प्रत्येक दिन विदेशिनुले नेपालको राज्य रमिता हेरिरहेको वताउनु भयो विदेशवाट आएको रेमिटेन्सले नेपालको अर्थतन्त्र धानिएको र नेपालका दलालहरुले त्यो रकममा रजाई गरेको र अर्थतन्त्र लुटेको वताउनु भयो । नेपालको युवा आन्दोलनको नेतृत्व अव संगठनको काधमा आएको र त्यसका लागि सवै युवाहरुलाई संगठनमा जोड्नु पर्ने वताउनु भयो । यो दलाल पुजीवादी सत्तालाई ढालेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा लामवद्घ हुन आह्वान गर्नु भयो जनयुद्ध दिवशको अवसरमा भएको सम्मेलनमा अध्यक्ष दिनेश सीले जनयुद्धलाई कसैले हिंशा भन्ने गरेको प्रति आपत्ति र प्रतिक्रान्तिको विचलित मानसिकता भएको वताउनु भयो ।

    सम्मेलनमा विसिस्ट अतिथि नेकपाका केन्द्रिय सदस्य चितवन जिल्ला इन्चार्ज, रहनु भएको थियो भने अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य जिल्ला सेक्रेटरी रुद्र सी, युवा संगठन नेपालका केन्द्रिय सचिव तथा वागमति प्रदेश इन्चार्ज अनिल सी, दिनेश सी, केन्द्रिय प्रतिनिधि सदस्यहरुमा भरत सी, अजिव सी, महेन्द्र सी, धर्म सी, युवा संगठन नेपाल केन्द्रिय समितिका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक सी, केन्द्रिय सदस्यहरुमा पारस, हिमाल सी, संतोष सी, सम्झना सी,आकाश सी, लगायतको उपस्थिति रहेको थियो। सम्मेलनले गौरव सीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । सम्मेलनमा सयौ युवाहरुको सहभागिता रहेको थियो

    प्रतिकृया दिनुहोस्