News Portal

  • कर्णाली नदीमा डोजर सहित एक जना वेपत्ता

    कमल वि क२०८१ पौष १२
    465Shares

     

    कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका-८ चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसीबी (डोजर) पल्टिँदा एक जना बेपत्ता भएका छन्।

    कर्णाली करिडोरबाट नदी पारि जारकोट जाने क्रममा नदीमा डोजर पल्टिँदा डोजरसहित पचालझरना-८ का ४० वर्षीय कुस्माखर सन्ज्याल बेपत्ता भएका हुन ।

    पचालझरना-८ खडतोली निवासी निर्माण व्यवसायी मुक्ति सन्ज्यालको डोजर अपराह्न ५ बजेतिर नदी पार गर्नेक्रममा पल्टिएको निमित्त प्रहरी प्रमुख गोविन्द चौधरीले बताए ।

    चाटेबगरबाट कर्णाली तारेर वडा नं ४ मा ठेक्काको काममा लैजानेक्रममा डोजर नदीमा पल्टिएको स्थानीय प्रकाश सेजुवालले बताए।

    पचालझरना-८ चाटेबगरदेखि पचालझरना ४ जारकोट जाने क्रममा कर्णालीमा निर्माण व्यवसायीका प्रतिनिधि बेपत्ता भए ।

    नदीमा तैरिरहेका चालक नमराज मल्ललाई स्थानीयको सहायतामा उद्धार गरिएको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन्।

    प्रतिकृया दिनुहोस्