News Portal

आजदेखी गोल्डेन स्टार युबा क्लबले १६औं शिवगढी कप सुरु

विष्णु विश्वकर्मा२०८१ आश्विन १४
1.1kShares

कपिलवस्तु । गोल्डेन स्टार युवा क्लबको आयोजनामा १६ औं शिवगढी कप-२०८१ आज शिवराज नगरपालिका वाड न. ९ को बानियाँभारमा पुर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले रेफ्री राकेश पुनलाई फुटबल हस्तान्तरण गरेर उदघाटन गरेका छन ।

खेलकुद भनेको व्यायाम हो यसले मानिसलाई तन्दुरुस्त बनाउछ तसर्थ जिवनको एक अभिन्न अङ्ग जस्तै बनेको छ खेलकुद । यहाँका स्थानीय युबाहरुको कला तथा उत्साहलाइ मध्यनजर गर्दै गोल्डेन स्टार क्लवले वर्षेनि खेलकुदको आयोजना गर्दै आएको खेलकुद समितिका संयोजक विक्रम केसीले बताए ।

उक्त कार्यक्रम क्लबका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा तथा पुर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अर्जुन कुमार केसीको प्रमुख आतिथ्यतामा विशिस्ट अतिथिहरु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा,इलाका प्रहरी कार्यालय सुन्दरीडाडाका कार्यालय प्रमुख जङ्ग बहादुर शाह, शिवराज नगरपालिका वडा न. ९ का वार्ड अध्यक्ष रामगोपाल थारु, समाजसेवी हुमाकान्त खनाल,युवा नेता तथा बुद्धिजीवी मिर्जा राशिद वेग,खेलकुदका नगर प्रमुख सन्तोष थारु,अतिथिहरुमा नेपाली काङ्ग्रेसका सभापति हरिप्रसाद श्रेष्ठ , नेकपा एमालेका दुर्गा केसी, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज सुर्य गुरुङ राप्रपाका अध्यक्ष चन्द्र ब. कुवर ,सरस्वती मा. वि. का वि. व्यबस्थापनका अध्यक्ष पनिराम रोका, समाजसेवी यम बहादुर बिक,विकम केसी,कमल विष्ट ,राम बहादुर केसी, चित्र बहादुर सेन,विर बहादुर थापा,सुश्मा बिक,मान बहादुर सहकारी, ज्ञान बहादुर बिक,पुर्ण बहादुर बिक लगायत विभिन्न ब्यक्तिहरुको विषेश उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले आयोजकको कामलाई बढवा दिदै खेलकुद वास्तवमा खेलकुद मात्र नभैइ यो एउटा व्याबसाय हो । यसलाई स्वस्थ ब्यस्त राख्नको लागी गरिने एउटा माध्यम हो । आगामी दिनमा पनि यहाका युवाहरुलाई अझ जागरुता बनाउन आवश्यक रहेको बताएका छन ।
उनले भने,हाम्रो मिसन भनेको सबैलाई रोजगार दिनु हो । कुनै पनि युबालाई बिदेश पठाउने हाम्रो लक्ष्य होइन । हामिले हाम्रै देशमा रोजगार दिनु हाम्रो उदेश्य हो । हामिले हाम्रो मिसन र भिजनलाई बिर्सेका छैनौ हामि तपाईहरुकै भोटले यहाँ पुगेको हो तसर्थ हामिले तपाईहरुलाई बिर्सेका छैनौ आगामी दिनमा पनि हामी तपाईकै साथमा छौ ।
उनले भने, यो ठाउको विकासको लागी अब तपाई हामी अब सङै मिलेर जानुपर्छ । तेरो मेरो भनेर हैन अब हामी हामी बनेर शिवगढीको बिकासमा लाग्नुपर्छ ।

यसैगरी शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले भने , खेल भनेको तपाई हाम्रो जिवन संग जोडिएको छ । त्यसकारण यो ठाउको विकास गर्नको लागी तपाई हामी मिलेर हातेमालो गरेर अगाडि बढ्न आवश्यक छ ।

उनले भने,काम भनेको सबैले गर्नुपर्छ जित्नेले मात्र काम गर्ने हार्नेले विरोध गर्ने होइन । जित्ने हार्ने दुबै मिलेर काम गरियो भने मात्र शिवगढीको विकास सम्भ्व छ ।

रामगोपाल थारु खेलकुद स्वास्थ शिक्षा मात्र नभैइ हामीले अरु क्षेत्रमा पनि चलाख हुनुपर्छ । युबाहरु खेल खेलेर मात्र हुदैन अहिले यहाको समस्या के छ त्यो समस्यालाई पनि नियाल्नुपर्छ । समग्र बिकास शिवगढीमा हुनुपर्छ यो त्यो यहा त्यहा भनेर हुदैन जहाँ आवश्यक हुन्छ त्यहाँ स्रोत र साधनको प्रयोग गरिनुपर्दछ ।

त्यसैगरी नेपाली काङ्ग्रेसका सभापति हरिप्रसाद श्रेष्ठले भने हाम्रो यस वडामा बिकास नहुनुको मुख्य कारण भनेको स्थानिय निकायको कम चासो देखिनु हो । हाम्रो यस क्षेत्रमा बिकास गर्नु छ ।हाम्रो शिवगढिलाई राम्रो शिवगढी बनाउनु छ ।

उनले भने,विकासका योजना जुन ठाउको लागी आएको हो त्यहि ठाउको लागी प्रयोग गरौ ।हरेक विकासका काममा हामी सबै हातेमालो गरेर लागौ यो या त्यो पार्टी नभनौ स्थानियले निकाय पनि सबै क्षेत्रलाई समेटेर कार्यक्रम तथा बिकासका क्रियाकलाप गर्न सुझाव दिएका छन ।

युवा नेता तथा समाजसेवी मिर्जा राशिद वेगले भने हामि हरुवाको टोली छौ तर हामी एउटा भिजन सहित हिडेका छौ ।अब २०८४ लाई हैन मिसन र भिजनलाई मध्यनजर गरेर हामी लाग्न आवश्यक छ ।

उनले भने, मिसनमा लागेर जाने हो भने कुनै व्यक्ति देशको प्रधानमन्त्री ,मन्त्री बन्ला तर भिजनमा जाने हो भने देशको एउटा राम्रो खेलाडी बनेर निस्कन्छ । देशका खेलाडी नै एउटा भिजन हो जसले देश बनाउने साहस गर्दछ । उनले यसै विषयमा भने मिसनका पछाडि लागेका हाम्रा देशका मन्त्रीहरुले देशलाई बनाउन सकेनन दैबिक प्रकृतिबाट ज्यान गुमाउन पुगेका हरुको उद्दार गर्ने सकेनन । के यहि हो राज्यको जिम्मेवारी ?

अर्का वक्ता समाजसेवी तथा बुद्धिजीवी हुमाकान्त खनालले भने, हामी हामी बिच लडेर हैन अब मिलेर शिवगढी बनाउनुपर्छ । जनताले दिएको अमुल्य मतको सदुपयोग गरेर जान आग्रह गर्दै शिवगढीले खेल क्षेत्रलाई पहिलो प्राथमिक दिनुपर्छ । अब हामिले शिवगगढीमा राम्रा खेलाडी जन्माउनुपर्छ । हामिले अब समाज ,जिल्ला ,प्रदेश हुदै यहाँका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म लैजाने आत गर्नुपर्ने कुरामा जोड दिएका छन ।

आज भएको खेलको पहिलो चरणमा भालुबाङ एफसी र त्रिपालनगर एफसी बिच प्रतिस्पर्धा भएको थियो भने उक्त खेलमा भालुबाङ एफसीले त्रिपालनगर एफसीलाई ३- ० गोलले पराजित गरेको थियो । उक्त खेलमा भालुबाङ एफसीका जर्सी न. ६ सुरज बरमेल ले म्यान अफ द म्याचको उपाधि हासिल गरेका थिए ।

उक्त कार्यक्रम गोल्डेन स्टार युबा क्लबका सल्लाहकार तथा आयोजक समितिका संयोजक विक्रम केसीको स्वागत मन्तव्य तथा राजेन्द्र बोहोराको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्